रुपेन्द्र पटेल
गरुडा,२ मंसिर ।
रौतहटका चर्चित समाजसेवी कन्थमनी प्रसाद जयसवालले छठ व्रतालुहरुलाई यतिखेर साडी सेट तथा चुनरी वितरण अभियानै चलाएका छन् । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा रौतहट निर्वाचन क्षेत्र नं—४ का सांसदका प्रत्याक्षी समेत रहेका समाजसेवी जयसवालले रौतहटको विभिन्न स्थामा छठ पर्व गर्ने व्रतालुहरुलाई आफ्ना निजि लगानीमा साडीसेट र चुनरी वितरण गरिहेको छ । समाजसेवी कन्थमनी जयसवालले यतिबेला जिल्लाको विभिन्न गाउँ गाउँ पुगेर अति गरिव तथा विपन्न परिवारका एकल महिला तथा वृद्धवृद्धाहरुलाई खोजी खोजी साडी वितरण गरिरहेको छ । नेता जयसवालले आज तेस्रोे दिन पनि छठ व्रत बस्ने १६५ जना व्रतालुहरुलाई साडीसेट र चुनरी वितरण गरेका हुन । मंगलबार विहान जिल्लाको गरुडा नगरपालिका वडा नं—६ पोठियाहीमा एक सय १ जना व्रतालुलाई साडीसेट र चुनरी वितरण गरेका छन् । यस्तै नेता जयसवालले मंगलबार साँझ पनि गरुडा नगरपालिका वडा नं. १ जयनगरमा पनि ६४ जना छठ ब्रतालुहरुलाई साडी सेट र चुनरी सहयोग गर्नुभएको छ । अति गरिव तथा विपन्न महिला, एकल महिला र वृद्धवृद्धाहरुलाई छठ पर्वमा केहि राहत पुग्ने उद्देश्यले आफु साडी वितरण कार्य शुरु गरेको समाजसेवी जयसवालले बताउनुभयो । समाजसेवी जयसवालले तिन दिनमा जम्मा ४०६ जना छठ व्रतालुहरुलाई साडी वितरण गरिसकेका छन । साडी वितरण गर्ने अभियान अझै जारी नै रहेको र भोली पनि वितरण गरिने समाजसेवी जयसवालले बताउनुभयो ।