गरुडा, ८ मंसिर । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं.४ छौताना टोल बस्ने बउआलाल यादवको गत २ गते घरै बाट हराएको मोटरसाइकल प्रहरीले फेलापारेको छ । यादव को घरमा पाकिङ् गरी राखेको प्रदेश नं.२–०३–००८ प ३६८९ नं.को १६० CC को Apachi मोटरसाईकल प्रहरी चौकी बरियारपुर बाट खटिएको प्रहरी गस्ती टोलीले गढीमाई नगरपालिका वडा नं.९ स्थित नहर सडक किनारमा बेवारिसे अवस्थामा फेलापरेको थियो । उक्त मोटरसाइकल ईलाका प्रहरी कार्यालय गरुडाबाट आवश्यक अनुसंधान पछी वास्तविक धनिलाई बिझाईएको डिएसपी रबि रावलले जानकारी दिएका छन ।