रौतहट,१० पुस / चन्द्रपुर नगरपालिका क्षेत्रमा बन्दै गरेको रेल मार्गको काममा रेलका कर्मचारी नबसेका कारण ठेकेदारले मनोमानी रुपमा काम गरेपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रेलमार्ग बन्दै गरेको स्थानको अनुगमन गरेकाछन् । पुर्व पश्चिम रेलमार्गको रौतहट क्षेत्र अन्र्तगत चन्द्रपुर नगरमालिका वडानं ८ को सन्तपुरमा बन्दै गरेको रेलमार्गमा रेल बिभागका कर्मचारी नबस्ने गरेका कारण गुणस्तरहिन काम भएको समाचार तराई एक्सप्रेस दैनिकले प्रकाशन गरेपछि प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण भएको थियो ।
किसानले रेलमार्गको मुअब्जा नपाएको र मुअब्जा नदिइ भएको काम समेत गुणस्तरहिन भएको समाचार तराई एक्सप्रेस दैनिकले पटक पटक प्रकाशन गरेको थियो । सो स्थानको अनुगमनमा रहेका प्रमुख जिल्ला अधिकारीले समेत काम भईरहेको स्थानमा रेल बिभागका कर्मचारीको उपस्थिती नदेखेपछि रेल बिभागका कर्मचारीलाई अवका दिनमा काम भएको स्थानमा बस्नका लागि निर्देशन दिएका थिय । प्रमुख जिल्ला अधिकारीको निर्देशन पछि रेलका कर्मचारी काम भएको स्थानमा डिउटिमा आउने बताएका छन् ।
चन्द्रपुर नगरपालिका वडानं ८ को सन्तपुरमा चौधरी कन्ट्रक्सनले पेटी ठेक्का पाएको काम जरैदेखी गुणस्तरहिन भएको र रेलिङ समेत नगरी भकाभक काम भईरहेको छ ।
सो स्थानमा रहेको बाली सफा गरेर काम थाल्नु पर्नेमा पेटी ठेक्का पाएको चौधरी कन्ट्रक्सनले चादीको गुणस्तरहिन गिट्टी गहुंबाली समेत सफा नगरी काम थालेको थियो ।
प्रमुख जिल्ला अधिकारी यादवले गुणस्तरहिन काम गर्ने जोकोही पनि अवका दिनमा नबच्ने बताएकाछन् । २०७७ पुस १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।