रुपेन्द्र पटेल
गरुडा, ११ पुस । रौतहटको गरुडामा रहेको श्री बंशिराम अनाथलयमा सिरक सहयोग गरिएको छ । शनिवार चन्द्रपुर नगरपालिका वडा नं ४ घर भएका पत्रकार शिव पुरीले अनाथलयमा बस्ने बालबालिकाहरुका लागी १६ थान सिरक सहयोग गरेका हुन् ।
तराईमा बढदै गएको चिसोबाट अनाथ बालबालिकालाई न्यानो महसुस होस् भन्ने उद्देश्यका साथ उनले अनाथालयमा सिरक सहयो गरेको बताएका छन् ।
जाडोबाट पिडित बनेका करिब ३३ जना बालबालिकाहरुलाई सिरक सहयोग गरिएको पत्रकार शिव पुरीले तराई एक्सप्रेसलाई बताएका छन् । यस्तै पत्रकार पुरीले बिगत लामो समयदेखि अनाथलय लगाएत बिभिन्न मठ मन्दिर तथा गरिब विपन्न परिवारलाई सहयोग गर्दै आएको छ । जाडोको समयमा अनाथलयका बालबालिकाहरुलाई समस्या भएको अवस्थामा पत्रकार पुरीले ठूलो राहत दिएको अनाथलयका ब्यवस्थापक ह्दय कुश्वाहले बताएका छन ।