चन्द्रपुर,२७ पुस / चन्द्रनिगाहपुरमा रहेको सिभिल हस्पिटल प्रलिले निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको छ । सो हस्पिटलले चन्द्रपुर नगरपालिका वडा नं–२ स्थित जुडिबेलामा सञ्चालन गरेको थिए । उक्त सिबिरमा वीरगंज नेसनल मेडिकल कलेजका हाडजोडनि तथा नसा रोग विशेषज्ञ डाक्टर रहुला, जेनरल फिजिसिएन डाक्टर सचिन यादव, आ“खा रोग विशेषज्ञ डाक्टर अरुण कुमारले सो स्थानका करिब पा“च सय ७० जना बिरामीलाई निशुल्क उपचार गरेका थिए । बिभिन्न रोगका बिमारीको उपचार भएको सिभिल हस्पिटलका सञ्चालक डाक्टर राम किशोर साहले बताए ।