अशोक पहाडी, चन्द्रपुर, १३ माघ ।
नेकपा ओली समुहले बितरण गरेको नया“ केन्द्रीय सदस्य तथा प्रचण्ड नेपाल समुहले माधव नेपाललाई बनाएको पार्टी अध्यक्ष दुबै अमान्य भएको निर्वाचन आयोगले बताएपछि त्यसको असर जिल्ला तहमा समेत पुगेको छ ।
सो कुरा संचार माध्यममा आउना साथ एक समुहले अर्को समुहको आलोचना गर्दे सामाजिक संजालमा सत्तोसरोप गर्ने काम रौतहटमा समेत भएको छ ।
ओली समुहमा रौतहटबाट ८ जना केन्द्रीय सदस्य भएका थिय भने रौतहटकै माधव कुमार नेपाल प्रचण्ड नेपाल समुहको केन्द्रय अध्यक्ष भएका थिय । निर्वाचन आयोगको निर्णय पछि रौतहट जिल्लामा प्रचण्ड नेपाल समुहका कार्यकर्ताले अव केन्द्रीय सदस्यहरुको के होला बिचरा भन्दै फेसबुकमा टिप्णी गरेका छन् । जवाफमा ओली समुहका कार्यकर्ताले अध्यक्ष पद त भित्तामै पुगेछ नी भन्दै जवाफ फर्काएका छन् ।
नेकपा बिभाजनसंगै रौतहटमा समेत कार्यकर्ताहरु बिभजित भएका थिय । सोमबार बिहानैबाट केन्द्रीय सदस्य र नेकपा अध्यक्ष नेपालको बिषयलाई लिएर रौतहटका सामाजिक संजाल प्रयोगकर्ताले बिभिन्न टिक्का टिप्णी गरेका थिय ।
माधव कुमार नेपालको गृह जिल्ला रौतहटबाट ओली समुहले नेकपा एमालेका पुर्व जिल्ला सचिव तुलसी गिरी सहित ६ जनालाई तत्काल केन्द्रीय सदय बनाएको थियो ,भने दुई जनालाई प्रस्तावित केन्द्रय सदस्य बनाइएको थियो । निर्वाचन आयोगको निर्णय बाहिरियसंगै प्रचण्ड नेपाल समुहका कार्यकर्ताले ती सातजना केन्द्रीय सदस्य तथा प्रस्तावित केन्द्रीय सदस्यप्रति काटक्ष गर्दे फेसबुकमा स्टाटस पोष्ट गरेका थिय ।
माधव नेपाल र प्रचण्ड मिलेपछि रौतहटका प्रभावसाली नेता प्रभु साह ओली पक्षमा गएका थिय । हाल साह ओली सरकारमा सहरी विकास मन्त्री रहेकाछन् ।
साह ओली समुहमा लागेपछि रौतहटमा उनको पक्षका मानिएका पुर्व सांसद देबेन्द्र पटेल ,केन्द्रीय सदस्य युवराज भट्टराई लगाएतका नेता प्रचण्ड माधव समुहमा लागेका छन् ।
पार्टी बिभाजनको अवर स्थानीय तहमा समेत देखा परेको छ । पुर्व एमाले र माओवादीबाट रौतहटका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि समेत यतीबेला दुबै समुहमा बिभाजित भएकाछन् । पछिल्लो समय निर्वाचन आयोगको निर्णय आएसंगै कार्यकर्ताहरुले कालिया अव तेरा क्या होगा भन्ने सम्मको सब्द प्रयोग गर्दे सामाजिक संजाल रंग्याउन थालेकाछन् ।