संजय मिश्रा
रौतहट २४ माघ । रौतहटको गुजरा नगरपालिका वडा २ स्थित पछिल्लो केही दिनदेखि अनौठो सर्पको जोडी हेर्नेहरुको दैनिक भिडभाड लागि रहेको छ । गुजरा २ स्थित लमहा नदिको पुरानो भत्किएको पुल छेउमा सर्प हेर्नेहरुको भिडभाड देखिएको हो । अहिले टाढा टाढा बाट मानिसहरु नागदेवता भन्दै कालो रंगको एक जोडी सर्प लाई हेर्न आउने गरेको वडा २ का अध्यक्ष अशोक कुमार चौधरीले बताएका छन ।