बलिउड अभिनेता अजय देवगन संजय लीला भन्सालीको आगामी चलचित्र गंगूबाई काठियावाडीमा महत्वपूर्ण भूमिकामा देखिने भएका छन् । अजयले शनिबारदेखि उक्त चलचित्रको सुटिङ सुरु गरेको बताइएको छ । यो चलचित्र अजयका लागि विशेष छ, किनकि उनी २२ वर्षपछि भन्सालीसँग काम गर्दैछन् । अजयले २२ वर्षअघि संजय लीला भन्सालीको चलचित्र हम दिल दे चुके सनममा काम गरेका थिए । गंगूबाई काठियावाडीमा नायिका आलिया भट मुख्य भूमिकामा छिन् । हालै चलचित्रको टिजर पनि रिलिज भइसकेको छ । चलचित्रमा अजय आलियाको मेन्टरको भुमिकामा देखिनेछन् । हाल चलचित्रको सुटिङ मुम्बईको फिल्म सिटीमा भइरहेको छ ।