रौतहट,८ चैत । आजदेखि देशभर रंगहरूको पर्व होली विधिवत रुपमा सुरु भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ बजेर २६ मिनेटमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएकोहो । चन्द्रमास अन्तर्गत फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यस वर्ष पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धीत यो पर्व आजबाट विधिवत सुरु भएको वसन्तपुरस्थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभयो ।वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ । बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ ।आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको छ । उता जनकपुरबाट सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रमा आज धनुषाको पर्वता तर्फ गएको छ । फागुन २९ गतेबाट सुरु भएको परिक्रमा नेपाल र भारतका विभिन्न स्थानको परिक्रमा गर्दै १४ गते जनकपुर पुगी १५ गते अन्तरगृह परिक्रमा गर्ने गरिन्छ ।








