चन्द्रपुर,५ बैशाख । पछिल्लो समय समाजिक बिकासमा लागेका रौतहटको चन्द्रपुर नगरपालिका–९ ले शनिबार जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नं—९ अन्तरगतका करिब ३ सय बृद्ध बृद्धालाई सम्मान गरिएको हो । चन्द्रपुर नगरपालिका वडा नं—९ को सहयोगमा ग्रिनल्याण्ड नेपालको आयोजनामा सिन्दुरेघारीका धर्मसलामा एक कार्यक्रम बीच बृद्धबृद्धालाई सम्मान गरिएको ग्रिनल्याण्ड नेपालका संचालक सुर्य बहादुर थापाले जानकारी दिएका छन् । सम्मान कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका समाजिक विकास शाखाका संयोजक सरवस्ती खुलाल, विष्ठि अतिथि चन्द्रपुर नगरपालिका वडा नं—९ का वडा अध्यक्ष गोबिन्द दुलालले तथा अतिथिहरुमा चन्द्रपुर नगरपालिका वडा नं—९ का वडा सदस्य विष्णु माया विक, दामोदर दुलाल, खडक बहादुर कार्की रहेका थिए । कार्यक्रमका अध्यक्षता स्थानिय समाजसेवी सुर्य बहादुर थापाले गरेका थिए । कार्यक्रमा सहभागी वृद्धवृद्धाहरुलाई झुल, तथा खाजा प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । रौतहटमा पछिल्लो समय ग्रिनल्याण्ड नेपाल संस्थाले समाजिक बिकासमा लागी परेका छन् ।










