गौर,१४ बैशाख । कोरोना माहामारीको दोस्रो लहरमा रौतहटमा पहिलो पटक संक्रमित एक जना वृद्धको मृत्यु भएको छ । सदरमुकाम गौर नगरपालिका–२ महादेवपट्टीका ७० वर्षीय एकजना वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । तीन दिन अघि संक्रमण पुष्टि भएर घरमै रहेका तथा दमको रोगबाट समेत अवस्था गम्भीर हुँदा उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा सोमबार राती उनको मृत्यु भएको रौतहटका प्रजिअ ईन्द्रदेव यादवले बताएका छन् ।