रन्जन खरेल, रौतहट,२५ बैशाख ।
प्रदेश मुख्यमन्त्रीको बेटी पढाउ , बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ड मा अध्ययनरत घघ जना छात्राहरुलाई श्री मा वि दुधिअवामा साइकल बितरण गरिएको छ ।
जसपा का प्रदेश प्रतिनिधि राजेन्द्र पटेलको बिशेष पहलमा हालै मात्र प्राप्त भएको उक्त घघ थान हिजो समारोहकाविच स्वास्थ्य मापदण्ड पुरा गर्दै जसपा प्रदेश प्रतिनिधि राजेन्द्र पटेल , सहायक प्र अ रन्जन खरेल,वडा अध्यक्ष मनोज चौधरी, बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम चौधरी, कृष्ण मैनाली , कमला पान्डे , गनी महतो शिक्षक इन्जीनियर अमित साह लगायतका ब्यक्तिहरुको उपस्थितिमा साईकल बितरण गरिएको थियो ।
गत वर्ष पनि साईकलका लागि पहल गरिएको भएता पनि कोभिड ज्ञढ ले निम्त्याएको लक डाउनका कारण उक्त प्रक्रियामा बाधा पुगेको थियो भने यस वर्ष समयमै पहल गरिएकाले साईकल समयमै उपलब्ध हुन सकेको जसपा प्रदेश प्रतिनिधि राजेन्द्र पटेलले बताउनु भयो ।