गरुडा,२३ असार । झा“झपुल देखी कटहरिया जाने सडकको अवस्था नाजुक रहेको छ । सो सडकको गरुडा तीरको चार किलोमिटर सडक खण्डमा सवारी हिडनै नसक्ने खालका खाल्डा खुल्डी रहेकाछन् । गरुडा नगरपालिकाले सो सडक मर्मतमा ध्यान नदिएका कारण बाटोको अवस्था नाजुक भएको स्थानीय बासिन्दाले बताएकाछन् । झाझपुल देखी कटहरिया जाने बाटोको गरुडा नगरपालिकामा पर्ने सडकमा खाल्डै खाल्डा रहेकाछन् भने कटहरिया नगरपालिकाको क्षेत्रमा बनेको सडक ठेकेदारले बनाएको दुई बर्ष पनि बित्न नपाउदै भत्केका कारण स्थानीयलाई आवत जावतमा समस्या भएको कटहरियाका स्थानीय बासिन्दा शम्भु साहले तराई एक्सप्रेसलाई बताए । कटहरिया नगर क्षेत्रको सडक बनाउन ठेक्का लिएको ठेकार कम्पनीले सडक फेरी कालोपत्रे गर्ने बताउदै आएको छ । स्थानीयले गरुडा नगरपालिका क्षेत्रको सडकका खाल्डा पुर्नका लागि गरुडा नगरपालिकाले कुनै चासो नदिएको बताएकाछन् ।