रौतहट,३ भदौ ।
प्रदेश २ को प्रदेशसभामा नेकपा एमालेभन्दा माधव नेपालको गवगठित एमाले समाजवादी बलियो देखिएको छ । प्रदेशसभामा एमालेबाट प्रतिनिधित्व गर्ने कुल २१ सांसदमध्ये १३ जना माधव पक्षमा खुलेका छन् भने एमालेमा ८ जना मात्रै बा“की बसेका छन् ।
माधव नेपाल पक्षका सांसद प्रमोद यादव भन्छन् संसदीय दल एमाले समाजवादीको कब्जामा छ । यहा हामीलाई कसैले हल्लाउन सक्दैन ।
एमाले संसदीय दलका नेता शत्रुधन मण्डल, उपनेता रवीन्द्र बैठा धोबी र सचेतक सुन्दर बहादुर विश्वकर्मा पनि एमाले समाजवादीमा लागेको उनले बताए । माधव नेपालले नयाँ पार्टी गठन गरेपछि नेकपा एमालेका सांसद सत्यनारायण मण्डल पुनः संसदीय दलका नेता बनेका छन् । अशोककुमार यादव, सिरहा,गोविन्दबहादुर न्यौपाने, सप्तरी,डिल्लीप्रसाद उप्रेती, सर्लाही,नागेन्द्र राय यादव, रौतहट,प्रमोदकुमार यादव, सिरहा,मदनसेन प्रसाद श्रीवास्तव, सिरहा,मन्जुकुमारी यादव, महोत्तरी,रवीन्द्र बैठा धोवी, सर्लाही,बेची लुंगेली, सर्लाही,शत्रुधन महतो, धनुषा,सीता गुरुङ, बारा,सुन्दरबहादुर विश्वकर्मा, बारा,हसिमा खातुन, रौतहट एमाले समाजवादीमा खुलेका छन् । सत्यनारायण मण्डल, सप्तरी,त्रिलोकी प्रसाद, बारा,अनिता कुमारी यादव, धनुषा,शारदादेवी थापा, महोत्तरी,लगनलाल चौधरी, सिरहा,डा. मनोज कुमार सिंह, सप्तरी,जगतारैन देवी सुडीन, सिरहा,किशोरी साह कमल, धनुषा एमालेमै रहेको बताएका छन् । साभार ः नेपाल प्रेस








