अशोक पहाडी,गौर,३१ भदौ । नेपाल पत्रकार महांसघ रौतहटको बिवाद यतीबेला सार्वजनिक स्थलमै छाताछुल्ल हुदै आएको छ । पत्रकार मुजिबुल्लाहको मोटर साईकलमा लागु औषध राखेको बिषयमा बिवादमा मुछिएपछि तत्कालिन एसपी सिद्धि बिक्रम शाह हेटक्वाटर तानिएपछि एक महिना रिक्त रहेको रौतहट प्रहरी प्रमुखको जिम्बेवारी सम्हाल्न आएका एसपी बिनोद घिमिरे रौतहटको गौरका पत्रकारको ताल देखेर ट्वा परे ।
रौतहट प्रहरी प्रमुखको जिम्बेवारी सम्हालेको भोली पल्ट हिजो बुधबार उनले स्थानीय संचारकर्मीसंग अन्र्तक्रिया राखेका थिए । अन्र्तक्रियामा कार्यक्रममा पत्रकार पत्रकार बिचनै आरोप प्रत्यारोप सुरु भएपछि प्रहरीलाई पत्रकार सम्हाल्न गारो भएको थियो । पत्रकारको चर्तिकला देखेर नयाँ एसपी घिमिरेनै ट्वा परेका थिए । विस्तृत समाचार भोलीको तराई एक्सप्रेस दैनिकमा








