चन्द्रपुर,११ कार्तिक । नेकपा एमाले चन्द्रपुर नगर कमिटिको अध्यक्षमा शिव आचार्य चयन भएका छन् । मंगलबार चन्द्रनिगाहपुरमा भएको नगर अधिवेसनले आचार्यको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटि गठन गरेको हो ।
सो कमिटिको उपाध्यक्षमा राजेन्द्र तिवारी ,सचिवमा विनोद चौधरी ,सह सचिवमा लालबहादुर दोङ,राम सिहासन यादव र सदस्यहरुमा क्रमस चिनिया बहादुर राना ,कृष्ण बहादुर थापा ,बलराम जोशी रमेश तिमलसिना ,दिवाकर सापकोटा ,सुनिल तिमलसिना,बिष्णु न्यौपाने ,बलिराम चौधरी,यादव क्षेत्री ,भोला थपलिया,प्रेम बहादुर रुम्मा ,बाल किशोर ठाकुर,देब बहादुर सापकोटा लगाएतका ७५ सदस्यीय रहेको निर्वाचन कमिटिका संयोजक अखिलेश्वर चौधरीले जानकारी दिएकाछन ।
निर्वाचित नगर कमिटिका पदाधिकारी तथा सदस्यहरुलाइ बुधबार नेकपा एमाले चन्द्रनिगाहपुर स्थित पार्टी कार्यालयमा पद तथा गोपनियताको सपथ गराईएको थियो ।
सो कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तुलसीराज गिरी ,प्रदेश सदस्य उद्धव रेग्मी ,राजु धामी ,अखिलेश्वर चौधरी ,प्रमोद चौधरी लगाएतका नेताहरुको सहभागिता रहेको थियो । सपथ ग्रहण कार्यक्रम पछि निर्वाचित पदाधिकारीलाई निर्देशन दिदै एमाले जिल्ला अध्यक्ष तुलसीराज गिरीले आगामी निर्वाचनमा पार्टीलाई जिताउनका लागि सबै सक्रिय भएर लाग्नुपर्ने बताएका थिए ।