चन्द्रनिगाहपुर,१६ कार्तिक । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल गृह जिल्ला रौतहट आएका छन् । पार्टी बिभाजन पछि नेपाल पहिलो पटक रौतहट आएका हुन् । नेपालले अहिले ९ बजे चन्द्रनिगाहपुरको गौतम होटलमा पत्रकार सम्मेलन राखेकाछन् । उनले आज दिउसो गौरमा हुने नेकपा समाजवादी गौर नगर कमिटिले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।