अशोक पहाडी
चन्द्रनिगाहपुर,२५ पुस । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाल विधुत प्राधिकरण र मालपोत कार्यालयका कारण चुडामणी आचार्यले सास्ती भोग्नु परेको छ । उनले सनिबार चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरेर आफुले समस्या खेप्नु परेको जानकारी दिए ।
साबिकको चन्द्रनिगाहपुर गाविस वडा न.१ मा रहेको आचार्यको कित्ता नम्बर ८४७ को ४ कठा १० धुर जमिन २०५६ साल श्रावण २३ गते नेपाल बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखामा २ लाख ऋण निकाल्न बैंकको नाममा आचार्यले रोक्का राखेको भएपनि नेपाल विधुत प्राधिकरणले ०६२÷६३ सालको भुमी अधिग्रहनको प्रक्रियाले सोजै नेपाल विधुत प्राधिकरणको नाममा दाखिला हुनपुगेपछि उनि सरकारी निकायको चक्कर काटिरहेका छन् । मालपोत कार्यालय चन्द्रनिगाहपुरले २०७८÷३ ÷९ मा सो जग्गा नेपाल बैंक लिमिटेड चन्द्रनिगाहपुरको चलानी न.६२÷८१७ रहेको पत्रले रोक्का रहेको र दर्तावाल आचार्यनै रहेको देखाएको छ ।
एकातिर आचार्यको जग्गा बैंकमा रोक्का छ भने अर्काेतिर अपि पावर कम्पनीले दिएको दर्ता उतारको निवेदनमा मालपोत कार्यालयले २०७८÷३÷२० को च.न. ६९१५को पत्रमा दर्तावाल नेपाल विधुत प्राधिकरण देखाएको छ ।
यसरी व्क्तिको बैंकमा धितो राखिएको जमिन मुआव्जा समेत नपाएको जमिन प्राधिकरणको नाममा गएपछि आचार्य आफु अन्यायमा परेका छन् ।
उनले सरकारी निकायको चरम लापारवाहीका आफु सिकार भएको बताए ।