रौतहट,३ माघ । नेकपा एमाले रौतहटको जिल्ला अध्यक्षमा त्रिभुवन साह चयन भएका छन् ।
आईतबार साझ जिल्लाको कटहरियामा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट साह सर्वसहमत अध्यक्ष चयन भएका हुन । उपाध्यक्षमा दिपक यादव , सचिवमा बाल बिक्रम कार्की, उपसचिवमा पल्ट चौधरी, रुपेश पटेल सर्वसहमत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष उपेन्द्र साहले जानकारी दिए । साहका अनुसार हलले नेतृत्व चयन गर्न दिएको म्यान्डेट अनुसार छलफल र सर्वसहमत रूपमा नेतृत्व चयन गरिएको हो । त्यसैगरी अधिवेशनले १ सय ३५ सदस्य जिल्ला कमिटी पनि गठन गरेको छ । नवनिर्वाचित पदाधिकारीलाई नेकपा एमाले प्रदेश नम्बर २ अध्यक्ष राम अवतार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष साहले रौतहट जिल्लामा नेकपा एमालेलाई पहिलो नम्बरको पार्टी बनाउन सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त जनाए ।








