चन्द्रपुर,४ माघ । रौतहटमै पहिलो पटक चन्द्रनिगाहपुरमा एक्युरियम हाउस संचालनमा आएको छ । घर तथा होटल सजावटका लागि प्रयोग गरिने एक्युरियम खोज्न जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ ।
चन्द्रपुरका स्थानीय युवा सन्दीप आचार्यले संचालनमा ल्याएको सो हाउसमा आर्कषक किसिमका घर तथा होटल सजावटका लागि समाग्रीहरु उपलब्ध रहेकाछन् ।
चन्द्रपुर एक्युरियम हाउसमा माछाको दाना ,माछा ,लक्की ब्याम्बो ,ईटेरियर प्लान्ट ,फिल्टर एयर पम्म लगाएतका एक्युरियमका सबै समान उपलब्ध रहेको संचालक आचार्यले जानकारी दिएकाछन् ।
चन्द्रनिगाहपुरका स्थानीय व्यावसायी लाई एक्युरियमका समान लिनका लागि बाहिर जानु पर्ने झन्झट अव नरहेको संचालक आचार्यको भनाइ रहेको छ । चन्द्रनिगाहपुर स्थित ज्योती बैंकको तल्लो तलामा रहेको सो एक्युरियमले रौतहट,बारा र सर्लाही जिल्लामा होम डेलिभरीको समेत सुभिदा उपलब्ध गराएको छ ।








