चन्द्रनिगाहपुर,१८ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका वाड नंं ६ हातेमालो टोलमा जिवन बिज्ञान ध्यानयोग प्रयोगशाला भवनको शिलान्यास भएको छ । मंगलबार बिहान एक कार्यक्रमका बिच रौतहट क्षेत्र नं. ४ क प्रदेश संसद धनलाल ठोक्कर, योग प्रशिक्षक द्धय शैलेश उपाध्याय र सुनिता उपाध्याय पौडेलले संयुक्त रुपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो । सर्वागीण बिकाशको लागी योग भन्ने मुल नाराका साथ रौतहटको चन्द्रनिगाहपुरमा बिगत १ बर्ष देखी निरन्तर रुपमा योग ध्यान प्रयोगशाला संचालनमा आइरहेको छ । भवनको शिलान्यास गदै प्रदेश संसद धनलाल ठोक्करले योग जिवनमा अपरिहार्य भएको बताउनु भएको छ । योगको लागी भवन निमार्ण हुन अति जरुरी रहेको अबस्थामा हलको शिलान्यास गर्न पाउदा हर्षित भएको ंसंसद ठोक्करले बताउनु भयो । जिवनलाइ सुख,शान्ति,समृद्धि,स्वस्थ्य बनाउनको लागी जिवन बिज्ञान योग अत्यन्त जरुरी भएकोले योगशालाको लागी हल निमार्ण गर्न लागिएको योग गुरु सुनिता उपाध्यायले बताउनु भयो । हल निमार्णको लागी सहयोग गर्न उहाले सबैलाइ आग्रह गर्नुभएको छ । १ सय भन्दा बढी साधक अटाउने किसिमले हल निमार्ण गर्न लागेको उहाले बताउनु भयो । सो हल हातेमालो सामुदायिक वन उपभोक्ता समुहको प्रांगणमा निमार्ण हुदैछ । कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष अमर आले,वाड नं. ६ का अध्यक्ष खडक कुश्वार,पत्रकार संजय कार्की,हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामलाल ठोक्कर,स्थानिय समाजसेवी,बुद्धीजीबि लगायतकाहरुको सहभागिता रहेको थियो । कार्यक्रमबारे साधक राम बहादुर घलान र धुब्र सिग्देलले जानकारी गराउनुभएको थियो ।