गौर,९ चैत । रौतहटकी पत्रकार बिना राउत श्रीबास्तव स्वर्गिय उमा सिंह पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएकी छिन् । रौतहटको गौरमा रहेको राजदेवी एफएमकी समाचार बाचिका, नेपाल पत्रकार पत्रकार महासघ रौतहटको सदस्य बिना राउत श्रीबास्तव सन्चारिका समूह द्वारा प्रदान गरिन लागिएको स्व उमा सिंह पत्रकारिता पुरस्कार बाट पुरस्कृत हुन लागेकी हुन । लामो समय देखी रौतहटमा रहेर पत्रकारिता गर्दै आएकी श्रीवास्तवले सो पुरस्कार पाउदा रौतहटका पत्रकारमा खुशीको संचार छायको पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुरले बताए ।