रौतहट,१४ चैत । नेपाल राष्ट्रिय उधोग व्यवसायी महासंघ चन्द्रपुर नगर स्तरीय व्यवसायीहरुको भेला चन्द्रपुर ८, सन्तपुरमा शनिवार सम्पन्न भएको छ । संघका रौतहट जिल्ला अध्यक्ष भोलासंकर साहको अध्यक्षतामा भएको सो भेलामा संघका केन्द्रिय सदस्य मोहन साहको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले ३२ सदस्यीय नेपाल राष्ट्रिय वाणिज्य संघ चन्द्रपुर नगर कमिटी समेत गठन गरेको छ । भक्त प्रसाद तिमल्सिनाको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष बालकुमारी घिमिरे, खडक प्रसाद चौलागाँई , सचिव रामसिंहासन यादब, कोषाध्यक्षमा लक्ष्मी नेपाली रहेका छन । भेलामा नेकपा एमाले केन्द्रिय सामाजिक सेवा विभागका सदस्य प्रमोद चौधरी, एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव आचार्य, वाणिज्य संघका जिल्ला सदस्य सोमनाथ चिमरिया लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा एमाले केन्द्रिय सामाजिक सेवा विभागका सदस्य प्रमोद चौधरीले नेकपा एमालेको आर्थिक एजेण्डालाई उद्योगी व्यवसायीहरुको माध्यमबाट सफल बनाउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव आचार्यले संघले उद्योगी ब्यवसायीहरुको हितमा काम गर्नुपर्ने,वधि र पद्धति अनुसार संघलाई अघि बढाउन अपिल गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।








