अमृत सापकोटा, चन्द्रनिगाहपुर,२२ चैत ।
चन्द्रपुर नगरपालिकाका बिभिन्न वडाहरुमा नेपाली काग्रेंसले आफ्नो वडाको वडा अध्यक्षका आकांक्षीहरुको नाम शिफारिस गरेको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि काग्रेंसले वडा अध्यक्षका आकांक्षीहरुको नाम शिफारिस गरेको हो । चन्द्रपुर नगरपालिका वडा नं ७ मा ६ जना वडा नं ८ मा २१ जना वडा नं ९ मा १२ जना वडा नं १० मा ११ जनाको शिफारिस गरिएको छ । यस्तै नेपाली कांग्रेस चन्द्रपुर ४ ले ८ जनाको नाम शिफारिस गरेको जनाइएको छ । वडानं ६ मा ९जनाको नाम शिफारिस गरेको छ । नेपाली कांग्रेस चन्द्रपुर १ मा एकजनाको मात्र नाम शिफारिस गरेको छ । १ नम्बर वडामा बलाराम राउतको एकल नाम सर्वसम्मतबाट शिफारिस भएपछि वडा अध्यक्षमा राउतको टिकट पक्का भएको छ । चन्द्रपुरमा विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । १० वडा रहेको चन्द्रपुर नगरपालिकाको वडा नं १, ४, ६ र ८ गरी ४ वटा वडामा नेकपा एमालेले ५, ७, ९ र १० गरी चारवटा वडामा नेपाली कांग्रेसले र वडा नम्बर २ र ३ मा नेकपा माओवादी केन्द्र ले विजय हासिल गरेको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको परिणाम कस्तो आउला भन्ने विषयमा राजनीतिक पार्टीहरुका आअफ्ना तर्क रहेका छन । गठबन्धन वा एक्ला एक्लै चुनाव हुदा पार्टीहरुको अवस्था के हुन्छ ? यसैमा आफ्ना जोडघटाउ चलिरहेको पाईन्छ ।चन्द्रपुरमा यसअघिको चुनावमा नेकपा एमालेलाई करिब ९ सय ५० सय मतले पछि पार्दै नेपाली कांग्रेस बिजयी भएको थियो । अघिल्लो निर्वाचनमा २ वटा वडामा जित हासिल गरेको माओवादी केन्द्रले यो निर्वाचनमा अझै राम्रो जित हासिल गर्ने विश्वासमा छ । सो पार्टीका स्थानीयले नेताले समाजिक संजालमा आ आफ्नो बिचार पोष्ट गर्दे माओवादी एक्लै चुनाव लडने दावी गर्दै आएका छन । यता नेकपा एसले समेत चन्द्रपुर नगरपालिकामा आफ्नो दरो उपस्थिती जनाउनका लागि संगठन बिस्तारलाई तिब्रता दिइरहेको छ ।
नेपाली कांग्रेसको १ नम्बर वडा बाहेक चन्द्रपुर नगरपालिकाकामा वडाअध्यक्षका उम्मेदवार छनौटमा समस्या हुने आंकलन गरिएको छ ।
एउटै वडाबाट वडाअध्यक्षका आकांक्षी २१ जना सम्म भएपछि वडा समितिले नगर समितिलाई २१ जना सम्मको ना शिफारिस गरेको नेपाली कांग्रेका एकजना नेताले बताए । नेपाली कांग्रेस ८ नम्बर वडा समितिले आकांक्षीको संख्या धेरै भएपछि एकै परिवारका तीनजनाको नाम शिफारिस गरेको छ । २०७८ चैत २२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








