चन्द्रपुर,३० चैत । नेपाली कांग्रेस चन्द्रपुर नगर समितिले नगरको बैठकनै बोलाएर चन्द्रपुर नगरपालिकामा कसैसंग तालमेल गर्ने बताइ सकेको छ । यस बिचमा नेपाली कांग्रेसको केन्द्रीय समितिले केनद्रबाटै सबै नगरपालिकामा गठवन्धन गर्ने बताउदै आएको छ । चितवनको भरतपुरमा गठवन्धन भए माओवादीलेनै पाउने अवस्था चन्द्रपुर नगरपालिकामा समेत नेपाली कांग्रेसले जितेका कारण गठवन्धन भएको अवस्थामा मेयर कांग्रेसले पाउनुपर्ने नेपाली कांग्रेसका कार्यकर्ताहरुको भनाइ रहेको छ । यता नेकपा एसका अध्यक्ष तथा सत्ता साझेदार माधव कुमार नेपालले गठवन्धनमा आफ्नो पार्टीले चन्द्रपुर ,गौर र राजदेवी नगरपालिकाको मेयर पांउनुपर्ने अडान राख्दै आएको बजार हल्ला छ । यता त्यस्तै अवस्था आए माओवादीले पनि चन्द्रपुर नगरको मेयरमा दावी गर्ने सम्भावना बढदै गएको जानकारहरुको भनाइ रहेको छ । नेकपा एमाले भने गठवन्धन भएमा चन्द्रपुरमा असन्तुष्ट मत आफुले पांउने र चुनाव पनि जित्ने रणनितिमा लागेको छ ।








