गौर, ३० चैत । रौतहटबाट घुसको रकम सहित विद्यालयका प्रधानाध्यापक र उनका सहयोगीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ७ जोकहा-घिउरास्थित श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झालाई नियन्त्रणमा लिएको हो । करार सेवा अवधि नियुक्ती वापत तीन लाख रुपयाँ घूस लिएको भन्दैँ गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालबाट खटिएको टोलीले जिल्लाको यमुनामाई गाउँपालिकाको सरुअठ्ठा चोकबाट बुधबार बिहान तीन लाख घूस लिएकै अवस्थामा उनीहरुलाई हिरासतमा लिएको आयोगले जनाएको छ । पक्राउ परेका दुवै जना माथि यस बारे अनुसन्धान अगाडी बढाएको जनाइएको छ ।