गरुडा,२ बैशाख ।
निर्वाचन नजिकदै जादा रौतहटका स्थानीय तहका प्रमुख र उप प्रमुखले प्रयोग गर्दै आएका सवारी साधान फिर्ता हुन थालेको छ । सवारी फिर्ता गर्नुपर्ने बाध्यात्कम व्यावस्था नभएको भएपनि केही पालिकाका प्रमुख र उप प्रमुखले आफुले प्रयोग गर्दै आएको सवारी साधान स्वविबेकले फिर्ता गर्न थालेका हुन ।
रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी साधन फिर्ता गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएसंगै ५ पालिकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्षले सवारी साधन फिर्ता गरेका हुन् ।
गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले प्रयोग गर्दै आएको ना १ झ १६७५ र उपमेयर सुभद्रा गुप्ताले प्रयोग गर्दै आएको ना १ झ १६१५ नम्बरको स्कोर्पियो गाडी फिर्ता गरिएको हो । सो नगरपालिकाका वडा अध्यक्षहरुले पनि सरकारी सवारी साधन फिर्ता गरेको जनाइएको छ ।रौतहटका १८ स्थानीय तहमध्ये यसअघि गौर, चन्द्रपुर, बौधीमाई र राजपुर नगरपालिकाका जनप्रतिनिधिले सरकारी सवारी साधन नगरपालिकालाई फिर्ता गरिसकेका छन् ।