अशोक पहाडी
रौतहट,१० बैशाख ।
रौतहटमा पांच दलिय गठबन्धनमा सकस पैदा भएको छ । पाचै दल बिच गठबन्धन नभएपनि दुई वा तीन दलसंग गठबन्धन गरेर आफुहरु चुनावी मैदानमा उत्रने नेकपा माओवादीका केन्द्रीय सदस्य तथा रौतहट ईन्चार्ज युवराज भट्टराईले जानकारी दिएकाछन् । अहिले को संग कुन पालिकामा गठबन्धन गर्ने भन्ने बिषयमा छलफल भईरहेको माओवादी नेता भट्टराईले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । यस भन्दा पहिला नेकपा एसले चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहाल र उप मेयरमा रामरती चौधरीको नाम शिफारिस गरेपछि एसका अध्यक्ष माधव कुमार नेपालको गृह जिल्ला रौतहटमा गठबन्धनको सम्भावना टरेको आशंका गरिएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गुह जिल्ला रौतहटमा पाच दलिय गठबन्धन नहुने सम्भावना बढदै जान थालेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले चन्द्रपुर नगरपालिकाको मेयर र उप मेयर एक्लै लडने भन्दै उम्मेदवारको घोषणा गरेपछि रौतहटमा गठबन्धनको सम्भावना टरेर गएको हो । नेकपा एसले रौतहटको चन्द्रपुर नगरपालिका ,गौर नगरपालिका र राजदेवी नगरपालिकाको प्रमुख दाबी गरेपछि गठबन्धनमा संकट परेको नेकपा माओवादीका नेताहरुको भनाइ रहेको छ । नेकपा एसले रौतहटको पत्रकार सम्मेलन गरेर सबैभन्दा महत्वपुर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको थियो । कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ । जिल्ला तहमा तीन पटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एकपटक पनि बैठक बस्न सकेको छैन, माओवादीका एक नेताले भने । शुक्रबार सांझ सम्ममा रौतहटको कटहरिया नगरपालिकामा माओवादी र जसपा बिच तालमेल हुने भएको छ । यता जिल्लाको मौलापुर नगरपालिकामा माओवादी ,काग्रेस र जसपा बिच तालमेल हुने भएको माओवादी नेता भट्टराईले जानकारी दिएकाछन् । मौलापुर नगरपालिकामा एमाले नेता प्रभु साहकी श्रीमती रिना कुमारी साह एमालेबाट पुन चुनाव लडने भएपछि उनका बिरुद्धमा नेकपा एस बाहेकका दलले मोर्चा कसेका हुन ।
जिल्लाका अन्य पालिकामाहरुमा समेत तालमेलका लागि आफुहरुको प्रयास जारी रहेको उनको भनाइ रहेको छ । २०७९ बैशाख १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








