चन्द्रपुर,११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चन्द्रपुर वडानं ४ को वडा अध्यक्षमा स्थानीय युवा दिलिप थापाले उम्मेदवारी दिने भएकाछन् । आज उनले चन्द्रपुर ४ को वडा अध्यक्षका लागि उम्मेदवारी दिने बताएकाछन् । बिगत लामो समय देखी राष्ट्रिय प्रजातन्त्र पार्टीको एक सच्चा सिपाहीका रुपमा काम गर्दै आएका थापाले आफुले चुनाव जिते वडा नं ४ को मुहानै फेरीदिने बताएका छन् । उनले आफुले चुनाव जितेमा नगरपालिकाबाट पाउने सेवा सुभिदा नलिने समेत घोषणा गरेका छन् । चन्द्रनिगाहपुर क्षेत्रमा बिगत लामो समय देखी युवा व्यावसायीको रुपमा आफ्नो छवी बनाएका थापाले आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चन्द्रपुर ४ को वडा अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन ।








