कटहरिया,१२ बैशाख । पार्टीले टिकट नदिएको झोकमा रौतहटमा एउटा पार्टी छाडेर अर्को पार्टीमा जाने क्रम पछिल्लो समय बढदै जान थालेको छ । बेशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मनोनयनकै दिन रौतहटमा एउटा पार्टी छाडेर अर्कोमा जानेको लर्कोनै लागेको छ । रौतहट स्थित नेपाली कांग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि एकरामुल हक सहितका कार्यकर्ताहरु पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन ।गुजारा नगरपालिकाका मेयर प्रत्यासी स्व.शेख दाउदका छोरा एकरामुल हक र कांग्रेसका क्षेत्रीय प्रतिनिधि झमक प्रसाद चौलागाईंले पार्टी पारित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन ।कटहरिया स्थित तराई मधेस सहिद स्मृति प्रतिस्ठानको सभाकक्षमा एक कार्यक्रमका बीच नेकपा एमाले केन्द्रिय सदस्य तथा रौतहट सहईन्चार्ज कुन्दन कुश्वाहाले नवप्रवेशी लाई टीका र माला लगाएर स्वागत गरेका थिए ।
कांग्रेस जिल्ला सभापति सुनिल यादव जितेन्द्रले पार्टी बिधान बिपरित विभिन्न प्रभावमा परेर टिकट बितरणमा काखापाखा गरिरहेकाले आफुहरुले कांग्रेस छोडेर एमाले प्रवेश गरेको एकरामुल हकले प्रतिक्रिया दिएका छन ।
उक्त अवसरमा एमाले प्रदेश उपसचिव आरती भण्डारी ,कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,नगर प्रवक्ता चन्दन कुश्वाहा लगायतको सहभागिता थियो ।
यता सनिबार राती आफु्लाई दिएको मेयरको टिकट एकाएक खोसिएपछि बृन्दावनका प्रेमशंकर यादव एमालेमा प्रवेस गरेर सुर्य चिन्ह्बाट चुनाव लडने भएकाछन् ।








