गौर,३ जेठ ।
स्थानीय तहको निर्वाचनमा गौर नगरपालिका र दुर्गा भगवती गाउपालिकामा नेकपा एसका सम्भु साह र माओवादीका सम्भु सिंह अगाडि रहेका छन् ।
गौर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार शम्भु साह कानु र दुर्गा भगवती गाउपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भु सिंहको पक्षमा भारी मत परेरको छ ।
गौरमा साह दोब्बर मतले अगाडी बढाएको छन भने दुर्गा भगवतीमा सिंह एक हजारको फराकिलो मतले अगाडि रहेका छन् ।
सो भेगका मतदाताले यसपाली विकास नगर्ने, आर्थिक अनियमितता गर्ने, मन नपराउनेलाई पाखा लगाउदै नयाँ उम्मेदवारको पक्षमा मतदान गरेर आफनो भाग्य निर्माणका लागि साथ दिएका छन् ।
तसर्थ जनताको अभिमतलाई सदुपयोग गर्दै गास, वास, कपासको साथै मानविय जीवनलाई आवश्यक पर्ने सम्पूर्ण कार्यलाई पुरा गर्न गराउने जिम्मेवारी निर्वाचित पदाधिकारीको हुन्छन् त्यसैले जनताबाट चुनिएको व्यक्ति सेवक बनेर काम गर्दा सधै जनताको सामु उदाहरणीय बन्न सक्छ, हिरो बन्न सक्छ तर मालिक बनेर शासन गर्नेलाई जनताले पाखा लगाउने स्थानीयको भनाइ रहेको छ ।
जनता सर्वोपरी हो, जनताको सुखदुखमा साथ दिनेलाई जनताले सधै आफनो भाग्य विधाताको रुपमा हेर्ने गर्दछन् तर राजनीति गर्ने व्यक्ति सधै सेवक बनेर बसेमा जनता उसैको पक्षमा तल्लिन भएर साथ दिने छन् । जिल्लाका अन्य पालिकाहरुमा समेत धमाधम मतगणना जारी रहेको भएपनि मत परिणाम सुस्त आएको छ ।
गौरका मेयरका उम्मेदवार साह यस भन्दा पहिला गौर नगरपालिकाका मेयरका उम्मेदवार अजय गुप्तासंग परिजित भएका थिए ।








