रौतहट,२३ जेठ । मधेस प्रदेश सरकारले सामुदायिक विद्यालयमा कक्षा ८ का विद्यार्थीलाई साइकल र १२ कक्षा अध्ययरतलाई ल्यापटप दिने नीति अघि सारेको छ । सरकारका तर्फबाट आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेटी पढाऔं बेटी बचाऔं अभियानलाई निरन्तरता दिएको जनाएका हुन् । आठमा अध्ययनरत छात्रहरुलाई साइकल खरिदका लालि सम्बन्धित विद्यालयमा अनुदान रकम उपलब्ध गराइनेछ, नीति तथा कार्यक्रममा लेखिएको छ, यस्तै प्रदेशका सामुदायिक विद्यालयहरुमा कक्षा १२ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रविधिमा पहुँच पु¥याउन एक थान ल्यापटप सहयोग उपलब्ध गराइनेछ र सोको नियमित अनगुमन सामाजिक विकास मन्त्रालयबाट हुनेछ ।