चन्द्रपुर,३१ जेठ । ट्रयाक्टरमा लेवरको काम गर्ने सुरेश माझीलाई एक्कासी प्यारालाईसिस भएपछि उनको र उनको परिवारको बिजोक भएको छ । चन्द्रपुर नगरपालिका वडानं ९ डुमरियामा शुरेस लामो समय देखी आर्थिक अभावमा उपचार गर्न नपाएर छटपटाएर घरमै बस्न बाध्य भएकाछन् ।
दुई छोरा र एक छोरीका पिता समेत रहेका सुरेश माझीकी श्रीमतीले ज्याला मजदुरी गरेर ल्याएको पैसाले पांच जनाको परिवार पाल्नुपर्ने बाध्यता रहेको छ ।
पैसाको अभावमा उपचार पाउन नसकेका माझीको परिवारलाई खान समेत समस्या भएको छ । उनलाई आफुलाई कसेले सहयोग गरे आफु ठिक हुने बताए । पैसाको अभावमा उनको उपचार गर्न नसकेको उनकी श्रीमती संन्ध्यादेवीले बताईन । श्रीमान बिमार भएपछि भएका छोरा छोरी पढाउन समेत नसकेको उनको दखेसो छ ।
आर्थिक अवस्था निकै कमजोर भएका सुरेशको उपचारमा सहयोग गर्न ईच्छुक खानका लागि खाद्ययान्न सहयोग गरीदिनका लागि सुरेशकी श्रीमतीले आग्रह गरेकी छिन् ।