चन्द्रपुर,१५ असार । चन्द्रनिगाहपुर क्षेत्रमा आफुलाई नेपाल प्रहरीको घुमुवा भन्दै हिडने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई प्ररहीको घुमुवा बताउने उनी सक्कली प्रहरीको फंन्दामा परेकाछन् । चन्द्रपुर ९ घर भएका सुमन बस्नेतले आफु प्रहरीको घुमुवा हुं भन्दै चन्द्रनिगाहपुरका बिभिन्न होटलमा खाएको पैसा नतिर्ने लगाएतका गुनासो आएपछि प्ररहीले उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरी संगठनको बदनाम गर्दै होटल होटल खाएर पैसा नतिर्ने र पैसा मागे म घुमुवा प्रहरी हुं भन्ने बस्नेतलाई सोमबार राती ११ बजेको समयमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिएकाछन् । सोमबार पक्राउ परेका बस्नेतलाई मंगलबारनै म्याद थप गरेर थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखिएको डिएसपी जयसवारको भनाइ रहेको छ । २०७९ असार १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।