रौतहट,१९ असार । रौतहटको चन्द्रपुरमा कराँतेको मधेश प्रदेश स्तरिय दिक्षान्त समारोह अर्थात ग्रेडिङ कार्यक्रम सुरु भएको छ । असार १७ गते देखी २१ गते सम्म संचालन हुने ग्रेडिङ कार्यक्रममा मधेश प्रदेशका सबै जिल्लाका करिव एक सय जना खेलाडीको सहभागिता रहेको छ । नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङले उद्धघाटन गरेको सो ग्रेडिङका ब्ल्याक बेल्ड ,दोस्रो डान र तेस्रो डान लिने खेलाडीहरुको सहभागिता रहेको सितोरियो कराँते संघ रौतहटका सह सचिव भिम पहरीले बताए । नेपाल कराँते महासंघका पुर्व प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठले ग्रेडिङ कार्यक्रममा सहभागि खेलाडीहरुलाई प्रशिक्षण दिईरहेकाछन् ।