गुजरा,१४ कार्तिक ।
रौतहट क्षेत्रनं ३ को क प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका बदरुदीन अरमानभाई पल्लाभारी बन्दै गएको छ ।
प्रेसर कुकर छाप लिएर स्वतन्त्र उम्मेदवारी दिएका अरमाननै यतीबेला सम्म अगाडी रहेको स्थानीय मतदाताहरुले बताउदै आएकाछन् । सो क्षेत्रमा मधेश प्रदेशका वन तथा पर्यटन राज्य मन्त्री नागेन्द्र यादव एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार रहेकाछन् । स्वतन्त्रबाट केशव राय चौधरी र जसपाबाट पुजा चौधरी मैदानमा रहेकाछन् । आफुलाई मतदाताले रुचाएको र यो क्षेत्रको भिजन भएको एक मात्र उम्मेदवार आफु रहेका कारण जित शुनिश्चित रहेको अरमानभाईको भनाइ रहेको छ ।
युवाहरुका माझ लोकप्रिय रहेका अरमानभाईले दलका उम्मेदवार जितेर गएपनि क्षेत्रको विकास गर्न नसक्ने भएकाले आफ्नो पक्षमा पछिल्लो समय जनलहर बढदै जान थालेको उनको भनाइ रहेको छ । रौतहट क्षेत्रनं ३ को क प्रदेशसभा क्षेत्रमा कृषिको प्रचुर सम्भावना रहेको र त्यसमा पनि बाख्रा तथा पशुपालन व्यावसायलाई आफुले चुनाव जितेमा तिब्र रुपमा अगाडी बढाउने अरमानभाईको भनाइ रहेको छ । २०७९ कार्तिक १४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।