रौतहट,१७ कार्तिक । नेपाली काँग्रेस रौतहट क्षेत्रनं ४ का संघिय सांसदका उम्मेदवार देव प्रसाद तिमलसिनाले आफ्नो चुनावी प्रचारलाई तिब्र पारेका छन् । तिमलसिनाले आफ्नो जितका लागि क्षेत्रवासीको पुर्ण सहयोग रहने बताएकाछन् । तिमलसिनाले आज बृन्दावन नगरपालिकामा घरदैलो कार्यक्रम गर्दै छन् । उनले नेकपा माओवादीका प्रदेशसभा सदस्यका उम्मेदवार युवराज भट्टराईको साथमा घरदैलो गर्दे गरेको नेपाली काँग्रेसका युवा नेता सुमन गौतमले बताए ।
तिमलसिना रौतहट क्षेत्रनं ४ का पुर्व सांसद हुन । उनले आफुलाई यो क्षेत्रका मतदाताले पुन मत दिएर फेरी चुनाव जिताउनेमा आफु विस्वस्त रहेको बताउदै आएकाछन् । नेपाली काँग्रेस सहित सत्ता गठबन्धनले आज बाट आक्रमक रुपमा चुनाव प्रचार प्रसार थाल्ने जनाएको छ ।








