गौर,२१ कार्तिक । रौतहट १ मा नेकपा एमालेका उम्मेदवार आफ्नो घरदैलो अभियानलाई तिब्र पारेका छन् । संघिय सांसदका उम्मेदवार अजय कुमार गुप्ता र प्रदेशसभा सदस्यका उम्मेदवार राज किशोर यादवले आज बेलबिक्षवामा घरदैलो गरेकाछन् । आफु घरदैलोमा जाँदा मतदाताको अपार माँया पाएका कारण यस पटक आफ्नो जित पक्का रहेको गुप्ताले बताए । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसंग चुनावी मैदानमा रहेका गुप्ताले यस पटकट मतदाताले आफुलाईनै जिताएर पठाउने बताए ।
नेपालले पटक पटक रौतहटका जनताको भोट लिएर चुनाव जितेर गएपनि रौतहटको विकास गर्न नसकेको बताउदै गुप्ताले आफ्नो क्षत्रका मतदाताले अव आफ्नो पक्षमा मतदान गर्ने बताए । घरदैलोमा जाँदा आफ्नो पक्षमा मतदाता मतदान गर्न आतुर रहेकाले आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताए ।








