चन्द्रपुर,२६ कार्तिक । नेकपा एमालेबाट रौतहट क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका उम्मेदवार अखिलेश्वर चौधरीले आफ्नो जित सुनिस्चित रहेको बताएकाछन् । चन्द्रपुर नगरपालिकाको वडानं ६ को घरदैलोमा रहेका चौधरीले यो क्षेत्रमा आफ्नो जित पक्का रहेको दावी गरेका हुन । नेकपा एमाले रौतहटमै बौद्धिक नेताको छवी बनाएका चौधरीले आफ्नो पक्षमा मतदाताको लगाव धेरै पाएकाले आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताएका हुन । यो क्षेत्रमा नेकपा एकीकृत समावादीका उम्मेदवार बालकृष्ण श्रेष्ठ ,नेकपा माओवादीका नेता युवराज भट्टराई मैदानमा रहेकाछन् ।