गुजरा,२७ कार्तिक । रौतहटको क्षेत्रनं ३ को (क) प्रदेशसभा सदस्यमा तिपक्षित्र भिडन्त हुने भएको छ । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रहेका बदरुदीन अरमानभाई ,नेकपा एकीकृत समाजवादीका नागेन्द्र यादव र जसपाका उम्मेदवार पुजा चौधरी बिच कडा प्रतिष्पर्दा हुने भएको हो । सो क्षेत्रमा थारु ,मुस्लीम,मधेशी र पहाडी समुदायको बहुल्यता रहेको छ ।
स्थानीयका अनुसार यी तीनैजना उम्मेदवार आ आफ्नो जितका लागि यतीबेला घरदैलोमा व्यस्त रहेकाछन् । मेधश प्रदेशका वन तथा बातावरण राज्य मन्त्री नागेन्द्र यादवले मधेशी मुलका मतदाताको मतलाई आधार मान्दा सो क्षेत्रमा एकीकृत समाजवादीकी पुजा चौधरीले थारु समुदायको मत आफ्नो पक्षमा पार्ने दाउमा रहेको बेला स्वतन्त्र उम्मेदवार रहेका अरमान भाईले भने मुस्लीम समुदायको भोट पाँउने स्थानीय एक मतदाताको भनाइ रहेको छ । मुस्लीम र पहाडी समुदायको मत आफ्नो पक्षमा पारेर बदरुदीले जित निकाल्ने दाउमा रहेको जानकारहरुको भनाइ रहेको छ । स्वतन्त्र उम्मेदवार रहेका युवा अरमानभाईलाई सबै समुदायको मत आउने आंकलन गरिएको छ । यादव र चौधरी पनि आ आफ्नो समुदायको मतलाई आधार मानेर आफ्नो प्रचार प्रसारलाई तिब्र पारेको अवस्था रहेको छ ।








