चन्द्रपुर,२८ कार्तिक ।
रौतहट क्षेत्र नम्बर ४ प्रदेश (क) मा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो प्रभाव बढाउदै लगेको छ । मंसिर ४ गते हुने लागेको निर्वाचनमा कलम छापका उम्मेदवार बालकृष्ण श्रेष्ठलाई विजयी गराउन पार्टीका कम प्रभाव भएका क्षेत्रहरुमा बिस्तारै प्रभाव बढाउदै आफूहरु बलियो रहेका स्थानमा अझै सवल हुँदै चुनावी अभियान बढाउदै लगेको छ ।
यसैक्रममा चन्द्रपुर वडा नम्बर ३ गैडाटार क्षेत्रमा एकीकृत समाजवादीले शक्ति प्रदर्शनसहित घरदैलो कार्यक्रम गरेको छ ।
उक्त घरदैलो कार्यक्रममा उम्मेदवार श्रेष्ठ, पार्टीका केन्द्रीय नेता रामकुमार भट्टराई, चन्द्रपुर नगर अध्यक्ष बाबुराम दहाल, विद्यार्थी नेतृ प्रतिक्षा कार्की, युवा नेतृ अनिता तामाङ, महिला नेतृ बिनिता बख्रेलसहित स्थानीय हजारौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
गैडाटार र जुडिबेला लगायतका क्षेत्रमा पछिल्ला दिनमा एकीकृत समाजवादी र कलम चिन्ह प्रति आकर्षण बढ्दै गएको र प्रदेश सभा सदस्यमा कलम छापका उम्मेदवार श्रेष्ठको जीत सुनिश्चित बन्दै गएको नगर अध्यक्ष दाहालले बताए । प्रदेश (क) मा पर्ने चन्द्रपुर नगरपालिकाको १० वटा वडा र बृन्दावन नगरपालिकाको ३ वटा वडामा पार्टीप्रति बढ्दो आकर्षण र घरदैलोमा जाँदा देखिएको स्वागत र सद्भावले आफ्नो जीतलाई कसैले रोक्ने नसक्ने उम्मेदवार श्रेष्ठले दाबी गरे ।
चुनावको मिति नजिकिंदै जाँदा अन्य पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर समेत चलेको छ ।
युवा, स्वच्छ छवि बनाएका र पहिलो पटक निर्वाचनमा होमिएका कलम छापको उम्मेवदार अन्य उम्मेदवारको तुलनामा अब्बल रहेको चर्चा यस क्षेत्रमा चलिरहेको छ, त्यसकारण यसपटकको निर्वाचनमा कलम छापका उम्मेदवार श्रेष्ठको जीतलाई कुनै पनि शक्तिले रोक्न नसक्ने नगर अध्यक्ष दाहालको दाबी छ ।
प्रदेश (क) का १३ वटै वडामा घरदैलो कार्यक्रम लगभग सकिएको र पार्टीका नेताकार्यकर्ताहरु अब मतदाता शिक्षामा पनि सक्रिय भइरहेको प्रचार प्रसार कार्यालयका सचिव नारायण न्यौपानेले जानकारी दिए ।








