नवलपरासी,४ मंसिर । नवलपरासी पुर्व , देवचुली नगरपालिका ४ मा रहेको शान्ति श्रृजना केन्द्रमा मतपेटिका आगलागि भएको छ ।
प्रदेस तर्फको समानुपातिक मत पेटिका रहेको जिल्ला निवार्चन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालले बताए ।
देवचुली ४ निवासी नारायण भण्डारीले ३ वटा मत हालिसकेपछि चौथौं अर्थात अन्तिम मत हाल्ने बेलामा मत पेटिकामा एसिड हालेका थिए ।
उनलाई नियन्त्रणमा लिएको र मतदान प्रकृया के गर्ने भन्ने विषयमा निर्वाचन आयोगमा जानकारी गराईएको भुसालले बताए ।