अशोक पहाडी
रौतहट,४ मंसिर । रौतहटको गुजरा नगरपालिकामा दुई पक्ष बिच विवाद हुदा सुरक्षाकर्मीले १३ राउन्ड हवाई फायर गरेको छ । मत पेटीका उठाउने बेलामा भएको विवाद साम्य बनाउनका लागि सुरक्षाकर्मीले हवाई फायर गरेको सुरक्षास्रोतले बताएको छ । सोही क्रममा स्वतन्त्र उम्मेदवार बदरुदिनको घरमा एक समुहले तोडफोड गरेको छ । गुजरा नगरपालिका ५ स्लामपुरमा सो घटना भएको हो ।








