रौतहट,६ मंसिर । रौतहट क्षेत्रनं ४ मा नेपाली काँग्रेका देव प्रसाद तिमलसिना अगाडि रहेकाछन् । उनले म.गलबार साँझ पाच बजे सम्म ७९६३ मत सहित अगाडि लागेका हुन । नेकपा एमालेका उम्मेदवार उद्धव रेग्मी ७४०६ मत सहित तिमलसिनालाई पक्षयाई रहेकाछन् । करिव साँडे पाच सय मतले तिमलसिना रेग्मी भन्दा अगाडि रहेकाछन् । रौतहट ४ मा ढिलो रुपमा मतगणना भएको दलका कार्यकर्ताहरुले गुनसो गरेकाछन् । रेग्मीको आफ्नै वडा चन्द्रपुर ४ मा नेपाली काग्रेसका तिमलसिनाले करिव ६० मतले अग्रता लिएका थिए ।
रेग्मीले चन्द्रपुर ७ मा नेपाली काँग्रेसका तिमलसिना भन्दा केही मत बढी ल्याएका थिए । झिनोमतान्तर रेग्मी यतीबेला तिमलसिनालाई पक्षयाईरहेकाछन् ।