चन्द्रनिगाहपुर,१४ जेठ । अखिल नेपाल फुटबल संघ मधेश प्रदेशको अध्यक्षमा नेपाल कार्की निर्वाचित भएका छन् ।
शनिबार रौतहटको चन्द्रनिगाहपुरमा भएको मधेश प्रदेश भेलाबाट नेपाल कार्की सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।
उपाध्यक्षमा बिजयकुमार गुप्ता महोत्तरी ,उपाध्यक्षमै सुमन श्रेष्ठ सिराहा,महिला सदस्यमा ललिता कुमारी चौधरी रौतहट,संजिव कुमार यादव सिराहा ,संजय कुमार मण्डल धनुषा ,उदय श्रेष्ठ बरा ,राजकशिोर धामी बारा ,बाबुराम दाहाल रौतहट ,रमेश कुमार श्रेष्ठ सप्तरी ,सुरेश खड्का सप्तरी दिपक लामा सर्लाही सदस्यमा चयन भएका छन् ।








