मौलापुर,२६ जेठ । नेपाल बिधुत प्राधिकरण माैलापुर बितरण केन्द्रकाे लापरबाही देखिएको छ।
केही दिन देखि बढ्दै गएको तातो गर्मि संगै प्राधिकरण आफ्नो नाैटंकी सुरू गरिएको हाे ।
छिन छिनमा लाईन काटने र लाईन दिने कार्यले फतुवा बिजयपुर नगरपालिका अन्तर्गत पर्ने टेंग्राहा, बैरगनियाँ, सितलपुर, सन्तपुर , लगाएतका ग्राहकहरू सास्ती खेपि रहेका छन।
बढदै गएकाे गर्मीमा लाईन छिन छिनमा काटि ग्राहकहरूकाे माेटर, फ्रिज, पंखा, बल्ब, एसि, कुलर, आईरण, हिटर , लगाएतका ईलेक्ट्राेनिक सामाग्रीहरू खराब गराउने उदेश्य रहेको स्थानीयहरूले बताउँछन।
यस्तो क्रियाकलाप समयमा सुधार गरेन भने हामी कडा कदम चाली र बाध्य भई प्राधिकरणमा पुगि आन्दोलन गर्ने चेतावनीसमेत दिनु भयाे ।
बिधुत प्राधिकरणका कर्मचारीहरू आफु एसीमा बसी ग्राहकहरूकाे समस्यालाई मजाकमा लिने गरेको पाईएकाे छ।
बिधुतकाे महशुलमा २५ % ब्याज लिने र समय समयमा ग्राहकहरू लाई समस्यामा पुर्याउनु उदेश्य नेपाल बिधुत प्राधिकरण माैलापुर बितरणकाे रहेका बुझिएको छ।
यता बिधुत प्राधिकरण माैलापुरका प्रमुख दिनेश यादव संग
साेध्दा त्यस्तो त न हाेला तर पनि म कर्मचारीहरू संग यस बिषयमा बुझि त्यस्ता समस्या लाई चाडै समाधान गर्ने वहाले प्रतिक्रिया दिनु भयाे ।