सर्लाही,२७ जेठ । जिल्लाको हरिपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान ५० वर्षका राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी हरिपुर नगरपालिका–६ की इन्द्रकला देवीको शनिबार मृत्यु भएको हो ।
जेठ २२ गते राजारामले श्रीमती इन्द्रकलालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते भएकी उनलाई तत्काल नवलपुरस्थित अस्पताल पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि तत्काल वीरगंज लगिएको आफन्तको भनाइ छ । तर, वीरगन्जबाट पनि २३ गते नै घर ल्याएर राखेपछि इन्द्रकलाको स्वास्थ्य थप जटिल भएको थियो ।
२४ गते उनलाई फेरि जनकपुरस्थित अस्पताल लगिएको थियो । उपचारको क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेको भन्दै उपचार नगरी शनिबार बिहान जबर्जस्ती घर ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।








