धनुषा,३१ जेठ । सडकको निर्माण कार्य सम्पन्न भएको सिफारीस गरिदिएबापत ७० हजार रुपैयाँ घुस लिने वडाध्यक्ष र सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ । धनुषाको नगराइन नगरपालिका– २ का वडाध्यक्ष वुलन यादव र सचिव अमृतनारायण मिश्रलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
वडाध्यक्ष यादव र सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न भएको सिफारीसबापत घुस मागेका थिए । दुवैलाई अख्तियारको बर्दिवास कार्यालय टोलीले आज नगराइन चोकबाट नियन्त्रणमा लिएको हो ।








