भक्तपुर — भक्तपुरमा गएको ६ माहिनामा मानवअधिकार उल्लंघनका १२० वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले सार्वजनिक गरेको मानवअधिकार हननका घटनाको तथ्यांकअनुसार सन् २०२३ को पहिलो ६ महिनामा जिल्लामा १२० वटा मानवअधिकार उल्लंघनका घटना भएका हुन् ।
इन्सेकले शनिबार एक कार्यक्रम आयोजना गरी ती घटनाको विवरण सार्वजनिक गरेको छ ।इन्सेकका अनुसार यस अवधिमा १ जनाको हत्या भएको छ भने अन्य ४ जनामाथि हत्याको प्रयास भएको छ । २१ जना महिला तथा बालिका बलात्कृत भएका छन् भने २ जनामाथि बलात्कार प्रयास भएको छ ।







