चन्द्रपुर,१२ असार । रौतहटको चन्द्रपुर ४ मा करिव ७ महिना अघि भएको दुर्घटनामा १० वर्षीय बालकको ज्यान गएको बिषय चर्चामा छ ।
मृतक बालककी आमा सरस्वती तिमल्सिनाले भावविह्ल हुँदै सामाजिक संजालमा भिडियो राखेपछि यस विषयले चर्चा पाएको हो ।
सांसद देवप्रसाद तिमल्सिनाको पहलमा दोषीलाई उन्मुक्ति दिइयो उनले भनिन् मुद्दा फिर्ता लिने सहमती गरेका पनि थिएनौं तर हाम्रो जानकारी विना अदालतबाट हाम्रो अनुपस्थित मै फैसला सुनाइयो, हामी न्याय खोज्न कहाँ जाने ?’ भन्दै प्रश्न गरेकी छिन ।
मृतक बालकको तस्विर सहित सरस्वतीले घटनामा संलग्नले उन्मुक्ती पाएको भन्दै सहयोग गरिदिन अनुरोध समेत गरेकी छिन । सो घटनाको बिषयमा रौतहट क्षेत्र नम्बर ४ का संघिय सांसद देव प्रसाद तिमिल्सिनाले ध्यानाकर्षण पत्र निकालेका छन् । सामाजिक संजाल मार्फत तिमलसिनाले म र मेरो पदिय मर्यादालाई आघात पुग्ने गरि गरिएको निराधार र कपोकल्पीत दुष्प्रचार प्रति गम्भिर ध्यानाकार्षण भएको सासद तिमल्सिनाले उल्लेख गरेका छन ।
समाजिक संजाल मार्फत गरिएको प्रचारवाजी र बेइज्जती पूर्ण शब्द एवम् व्यक्तिगत र पदिय मर्यादाप्रति लगाईएको आरोप असत्य र निन्दनिय भएको र उक्त घटनाको विषय सम्मानित अदालतको दायरा भित्रको विषय भएकोले यस सम्बन्धमा आफ्नो कुनै संग्लनता नरहेको स्पष्ट पार्न चाहेको बताएका छन । जिल्ला अदालत रौतहटमा सन्तोष तिमलसिनाले मंसिर २९ गते रमेश घिमिरेलाई प्रतिवादी बनाई सवारी ज्यान मुद्दा दर्ता गरेका थिए जसको फैसला अदालतले जेष्ठ ३० गते गरेको थियो ।
जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले आंशिक अभियोग दाबी पुग्ने भन्दै फैसला सुनाएको हो । गत मंसिर ३ गते भएको दुर्घटनामा १० वर्षीय बालकले ज्यान गुमाएका थिए ।
२०८० असार १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।